धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस, कसले मार्ला बाजी?

0
Shares

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्न गठित समितिले अन्तर्वातापछि तीन जनाको नाम सिफारिश गरेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयाल नेतृत्वको समितिले तीन जनाको नाम छनौट गरेको हो । समितका अनुसार नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्म ढुंगाना, बोर्डकै कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरी र केशवलाल श्रेष्ठ छानिएका हुन् ।

छनौट भएका तीन जनामध्येबाट मन्त्रिपरिषद्ले १ जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । आवेदन दिएका मध्येबाट व्यक्तिगत विवरण, कार्यानुभव, मूल्याङ्कन र कार्यपत्र प्रस्तुतीको आधारमा तीन जनाको नाम सिफारिश गरेको छनौट समितिले जनाएको छ ।

अध्यक्षका लागि ८ जनाको आवेदन परेकोमा ५ जनालाई अन्तवार्तामा छनौट गरिएको थियो । जसमध्येबाट तीन जनाको नाम सिफारिश गरिएको हो । समितिले सिफारिस गरेका मध्येबाट एक जनालाई मन्त्री परिषद् बैठकले अध्यक्षमा नियुक्त गर्नेछ ।