मिर्मिरे र समता लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

मिर्मिरे लघुवित्त र समता लघुवित्तले गत बर्षको मुनाफाबाट घोषणा गरेको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी कायम हुनुपर्नेछ। दुवै लघुवित्तले साधारण सभा प्रयोजनका लागि पुस १८ र १९ गते देखि बुक क्लोज गर्दैछन् ।

मिर्मिरे लघुवित्तले प्रस्तावित ४५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि २.३६ प्रतिशत नगद लाभांश पारित गर्न पुस २८ गते साधारण सभा राखेको छ ।

लघुवित्तले साधारण सभामा लाभांशका प्रस्तावका साथै मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने, सञ्चालक समितिमा संस्थापक समूहका ४ जना र सर्वसाधारण समूहका २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। मिर्मिरे, किसान, र नागबेली लघुवित्तसँग राष्ट्रियस्तरको लघुवित्त कम्पनी बन्ने उदेश्यका २०७६ बैशाख ३० गते सोमबार एक आपसमा मर्जर सम्झौता गरेका थिए।

बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड ६७ लाख ४० हजार २८० रुपैयाँ पुग्नेछ।

यस्तै समता लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा आह्वान गरेको छ। कम्पनीले यस अघि बिक्री गरेको हकप्रद शेयर पूँजीकरणपश्चात कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्दैछ । पुस १८ गते शुक्रबार भएका कारण पुस १७ गते बिहीबारसम्म कायम शेयधनीले लाभांश पाउनेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी १८ करोड २० लाख १६ हजार रहेको छ। ५ प्रतिशत बोनस वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १९ करोड ११ लाख १६ हजार पुग्नेछ।