स्वाभिमान लघुवित्तले २४ प्रतिशत बोनस बाँडेर ३३ प्रतिशत हकप्रद बेच्ने

0
Shares

स्वाभिमान लघुवित्तले गतबर्षको लाभांश पारित गर्नुका साथै हकप्रद जारी गर्ने प्रस्ताव राखेर माघ १० गते शुक्रबार बुटवलको डार्सिस इन्तेर्नेश्नल होटेलमा साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको साधारण साधारण सभाले गत आर्थिक बर्षको लाभांशका साथै विविध प्रस्तावहरु पारित गर्नेछ । कम्पनीले आर्थिक बर्ष ७५र७६ सम्मको मुनाफाबाट लगानीकर्तालाई २४ प्रतिशत बोनस शेयर तथा १.२७ प्रतिशत नगद लाभांश गरी कुल २५.२७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । साथै लघुवित्तले २४ प्रतिशत बोनस वितरण पश्चात कायम चुक्ता पूँजीको ३३.३३ प्रतिशत हकप्रद जारि गर्ने प्रस्ताव समेत गरेको छ ।

साथै कम्पनीले मर्जर वा प्राप्तिमा जाने निर्णय गर्ने अधिकार संचालक समितिलाई दिने, संचालको भत्ता वृद्धि गर्ने, नियमावली र प्रबन्धपत्रमा आवश्यक संसोधन गर्ने लगायतका प्रस्तावहरु पनि साधारण सभामा पेश गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २५ गतेदेखि माघ १० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २४ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ छ। प्रस्तावित २४ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँ पुग्नेछ। त्यसपश्चात कम्पनीले ३३.३३ प्रतिशत हकप्रद बिक्री गरेर चुक्ता पूँजी साढे दश करोड हाराहारी पुर्याउनेछ ।