चल्न थाल्यो नप्सेको वेबसाइट, अधिकांस समूहका सूचक राताम्मे

0
Shares

आईएसपि लिङ्कका समस्या आएका कारण अवरुद्ध भएको नेपाल स्टक एक्सचेञ्जको वेबसाइट चल्न थालेको छ । बिहीबार बजार खुले देखि नै वेबसाइटमा समस्या देखिएको थियो ।

पुरानो दुबै वेबसाइटमा समस्या आएपछि नेप्सेले प्रयोगकर्तालाई नयाँ वेबसाइट प्रयोग गर्न भनेको थियो । नयाँ वेबसाइट समेत राम्रो गतिमा नचल्दा लगानीकर्ताहरु सूचना लिनबाट बन्चित भएका थिए ।

आईएसपि लिङ्कका देखिएको समस्या समाधान भएसँगै नेप्सेका पुराना दुवै वेबभसाइट संचालनमा आएको नेप्सेले जनाएको छ ।

बजार खुलेको दुई घण्टाको अवधिमा नेप्से सूचक १ अंकले घटेको छ । यस अवधिमा १४४ कम्पनीको १५ करोड बराबरको काराबोर भएको छ । शिवम सिमेन्टको उच्च कारोबार भएको बजारमा युनियन हाइड्रोको शेयर मूल्य झण्डै दश प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिोसिटि इन्भेष्टमेन्टको शेयर मूल्य घटेको छ ।