राष्ट्र बैंकको २० करोडको बैदेशिक रोजगार बचतपत्रमा आवेदन दिने अन्तिम दिन

0
Shares

नेपाल राष्ट्र बैंकको गत पुस १ गतेदेखि निष्काशन गरेको २० करोड रुपैयाँ बरावरको बैदेशिक रोजगार बचतपत्रमा आवेदन गर्ने आज अन्तिम दिन हो। उक्त बचतपत्रमा बार्षिक १० प्रतिशत ब्याजदर प्रदान गरीने राष्ट्र बैंकले जनाएको छ ।

सो बचपत्रमा मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नामवाट लगानी गर्न सक्छन ।

‘बैदेशिक रोजगार बचत पत्र २०८१’ नाम गरेको बचपत्रको अवधि ५ वर्षको रहेको छ । सरकारले ५ वर्षपछि लगानीकर्तालाई सावाँ फिर्ता गर्नेछ । सो बचपत्रको १० प्रतिशत व्याज अर्धबार्षिक रुपमा भुक्तानी दिनेछ । सो व्याजमा नियमानुसारको कर लाग्ने केन्द्रीय बैंकले जनाएको छ ।

बैंक वित्तीय संस्थामा निक्षेप राख्दा ब्याजदर घटवढ हुन सक्छ । तर, यो बचपत्रमा लगानी गर्नेले आगामी ५ वर्षसम्म १० प्रतिशतका दरले नै प्रतिफल पाइराख्नेछन।

पुस १ देखि बिक्री खुल्ला हुने सो बचतपत्रमा २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो बचतपत्र पुस २७ गते बाँडफाँड हुनेछ । बचतपत्र न्यूनतम पाँच हजार र अधिकतम ५ हजारले भाग जाने निषेश भाग जाने गरी आह्वान गरीएको रकम बरावरसम्म खरिद गर्न सकिने छ । यो बचतपत्र धितो राखी कर्जा लिन पनि सकिने छ ।