वोमी माइक्रोफाइनान्सले घाोषणा गर्यो २६ प्रतिशत लाभांश, बोनस कति ?

0
Shares

वोमी माइक्रोफाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ।

कम्पनीको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कूल २६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ।

हाल कम्पनीको चुक्ता पूँजी २५ करोड २५ लाख ७६ हजार रहेको छ। बोनस वितरणपश्चात लघुवित्तको पूँजी ३० करोड ३० लाख रुपैयाँ बराबर पुग्नेछ।

अघिल्लो आर्थिक वर्ष लघुवित्तले २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।