साढे चार महिना पछि नेप्से १२ सय बिन्दुमा

0
Shares

पछिल्लो दुई दिन लगातार दोहोरो अंकले बढेको नेप्से सूचक साढे चार महिनापछि १२ सय बिन्दुमा पुगेको छ । सोमबार नेप्से १७ अंक बढीले उकालो लागेर १२ सय अंक छोएको हो ।

आइतबार नेप्से १६ अंकले उकालो लागेको थियो । गत भदौ १० गते नेप्से १२०८ बिन्दुमा थियो भने भदौ ११ गते ११९७ बिन्दुमा पुगेको थियो।

सोमबार बजार खुलेदेखिनै निरन्तर उकालो लागेको नेप्से ११९७ अंकसम्म पुगेपछि ओरालो लागेको थियो । त्यसपछि पुन उकालो लागेको नेप्सेले १२ सय विन्दुको उचाई लिएको हो ।

सोमबार सवा एक बजेसम्म नेप्सेमा ४० करोड बढीको शेयर किनबेच भएको छ । एनआईसि एशियाको उच्च कारोबार भएको बजारमा वोमी माइक्रोको शेयर मूल्य बढेर सर्किट लागेको छ । सबैभन्दा धेरै नेको इन्स्योरेन्सको साढे तीन प्रतिशतले शेयर मूल्य घटेको छ । यसदिन अधिकांस समूहका सूचक बढेका छन् ।