नबिल बैंकको ३५ औं साधारण सभा आज, तीन अर्ब लाभांश अनुमोदन हुँदै

0
Shares

नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको तीन अबै ६ करोड ४० लाख २७ हजार रुपैयाँ बराबरको लाभांश अनुमोदनका लागि आज ३५ औँ वार्षिक साधारण सभा सम्पन्न गर्दैछ।

बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे सभा बोलाएको छ। सभामा भाग लिने शेयरधनीको हाजिरीपुस्तिका बिहान ९ बजेदेखि खुल्ने बैंकले जनाएको छ।

सभाले बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको चुक्ता पूँजीको ३४ प्रतिशत (१२ प्रतिशत बोनस शेयर तथा बोनसमा लाग्ने करसहित २२ प्रतिशत नगद लाभांश) बराबरको लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। साधारण सभाका लागि बैंकले पुस ८ गते मंगलबार बुकक्लोज गरेकाले पुस ७ गतेसम्म कायम लगानीकर्ताले उक्त लाभांश पाउनेछन्।

यसैगरि संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन, अधिकृत पूँजी वृद्धि, लगायतका प्रस्तावहरु पनि साधारण सभामा राखिएका छन्।

हाल ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि १० अर्ब ९ करोड ३२ लाख ६६ हजार रुपैयाँ पुग्नेछ।