नबिल बैंकको लाभांश पारितसँगै चुक्ता पूँजी दश अर्ब नाघ्यो, २३ अर्बको नेटवर्थ

0
Shares

नबिल बैंकको चुक्ता पूँजी १० अर्ब ९ करोड नाघेको छ ।  बैंकले गत आर्थिक बर्षको ३४ प्रतिशत लाभांश पारित गरेपश्चात भएको चुक्ता पूँजी दश अर्ब नाघेको हो ।

मंगलबार सम्पन्न बैंकको ३५ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २२% नगद लाभांश र १२% बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब १ करोड १८ लाख ४५ छ । जस अनसार बैंकले १ अर्ब ८ करोड १४ लाख २१ हजार ४०० रुपैयाँ बराबरको बोनस र १ अर्ब ९८ करोड २६ लाख ५ हजार ९०० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

गत आर्थिक बर्षमा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम ४ अर्ब २४ करोड मुनाफा गरेको थियो । बैंकको ‘नेटवर्थ’२३ अर्ब १९ करोड रहेको छ ।

विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ।