सुनको भाउ बिहीबार एक हजार रुपैयाँले घट्यो

0
Shares

सुनको भाउ पुस २४ गते बिहीबार एक हजार रुपैयाँले घटेको छ । इरान र अमेरिकाबीच उत्पन्न तनावका कारण बुधबार एक हजार रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुन बिहीबार भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ७५ हजार ५०० रुपैयाँ र तेजाबी ७५ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदीको प्रतितोला २० रुपैयाँले घटेर ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार भने अहिलेसम्मको उच्च मूल्यमा कारोबार भएर ऐतिहासिक रेकर्ड कायम गरेको थियो। बुधबार छापावाल सुन १ हजार रुपैयाँ बढेर प्रतितोला ७६ हजार ५०० रुपैयाँ तथा तेजाबी सुन ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।