जानकी फाइनान्सको २३.१६ प्रतिशत लाभांश पारित, कार्यक्षेत्र विस्तार गर्ने

0
Shares

जानकी फाइनान्सको २३ औं बार्षिक साधारण सभाले २३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभंश गरी कुल २३.१६ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

जानकीको हाल चुक्ता पूँजी ४९ करोड २१ लाख ४० हजार रुपैयाँ रहेको छ । २२ प्रतिशत बोनस वितरणपछि पूँजी ६० करोड ४ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

साथै फाइनान्सले वित्तीय संस्थाको कारोबार ३ जिल्लाबाट बिस्तार गरी प्रदेश नं.२ को ८ वटै जिल्ला कायम गर्ने निर्णय गरेको छ ।

त्यस्तै अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा बैदेशिक रणनीतिक साझेदारीमा जानको लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।