सुनको मूल्य आइतबार बढ्यो

0
Shares

आइतबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुस २७ गते आइतबार छापावाल सुन प्रतितोला ७५ हजार रुपैयाँमा र तेजावी सुन ७४ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ।

यसैगरि सुनसँगै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी ८९० रुपैयाँमा कारोबार भैरहेको छ।

अमेरिका र इरान बीचको तनावका कारण रेकर्ड कायम गरेको सुन बिहीबार एक हजार र शुक्रबार ९०० रुपैयाँ घटेको थियो। नेपाली बजारमा सुनको मूल्य पुस २३ गते बुधबार हालसम्मकै सबै भन्दा उच्च मूल्य प्रतितोला ७६ हजार ५०० रुपैयाँसम्म पुगेको थियो।