बजार खुलेको १५ मिनेटमै २९ अंकले बढ्यो नेप्से

0
Shares

आइतबार ४२ अंकले बढेको नेप्से सूचक सोमबार बजार खुलेको पहिलो १५ मिनेटमै २९ अंकले उकालो लागेको छ । कारोबारमा आएका सबै समूहको उप सूचक बढेको बजारमा समग्र सूचक बढेको हो ।

पहिलो १५ मिनेटमै नेप्से २९ अंकले बढेर १२८४ अंकमा पुगेको छ । यस अवधिमा ११ करोड ३२ लाख बराबरको शेयर किनबेच भएको छ । यसदिन पनि इन्स्योरेन्स र लघुवित्त कम्पनीहरुको शेयर मूल्य उच्च दरले बढेको छ ।

प्रिमियर इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।