नेप्सेले १३ सयको बिन्दु पार गर्यो, अब के होला शेयर बजार ?

0
Shares

गत सातादेखि सुधारउन्मुख देखिएको नेप्से परिसूचक बिहीबार १३ सय बिन्दु माथि उक्लिएको छ ।

बिहीबार कारोबार खुलेदेखि नै बढ्न थालेको नेप्से पहिलो २६ मिनेटभित्रै करिब २० अंकले बढेर १३०३ बिन्दुमा पुगेको थियो।

त्यसपछि भने नेप्सेमा करेक्सन आउन थालेको छ। बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अवस्था सहज भएसँगै शेयर बजारको सुधारले गति समातेको हो। बैंकहरुमा अन्य क्षेत्रमा कर्जाको माग घट्दा शेयर कर्जाको माग बढेको छ भने बैंकहरुले समेत शेयर कर्जा बढाउन थालेपछि बजार सकारात्मक हुन थालेको हो ।

तरलता सहज हुँदा मार्जिन लेण्डिङ कर्जामा पनि सुधार भएको छ। दोस्रो त्रैमासको कर्जाको कर तथा ब्याज भुत्तानी गरिसकेका शेयर लगानीकर्ताले मन फुकाएर शेयर खरिद गर्न थालेको छन्। दोस्रो त्रैमास समाप्त भएसँगै सूचीकृत कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्ने हुँदा लगानीकर्ताको ध्यान वित्तीय विवरणले समेत खिच्नेछ।

पछिल्लो समय अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक फोरमहरुमा शेयर बजारप्रति निकै सकारात्मक अभिव्यक्ती दिन थालेकोले लगानीकर्तामा मनोवैज्ञानिक असर पुगेको छ। धितोपत्र बोर्डले समेत नयाँ नेतृत्व पाएसँगै पेण्डिङमा रहेका बजार सुधारका काम अगाडि बढाउन थालेपछि लगानीकर्तामा थप मनोबल बढेको हो ।

एक घण्टाको अवधिमा नेप्से १०.३५ अंक बढेर १२९४ विन्दुमा रहेको छ। यस अवधिमा १५५ कम्पनीका साढे सात लाख कित्ता शेयर २३ करोड १४ लाखमा खरिद बिक्री भएका छन् । एनआइसि एशिया बैंकको उच्च कारोबार भएको छ।