सिर्जना फाइनान्सको २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर सूचीकृत

0
Shares

सिर्जना फाइनान्सले केहि महिना अघि बिक्री गरेको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।

माघ २ गते बिहीबार कम्पनीले २७ लाख ६४ हजार ६९२ कित्ता हकपद शेयर सूचीकृत गराएको हो ।

कम्पनीले शेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजीको ६० प्रतिशत हकप्रद विक्री गरी कारोबारका लागि दोस्रो बजारमा सूचीकृत गराएको हो ।
यो शेयर शेयरधनीहरुले आफ्नो हितग्राही खातामा आएपश्चात कारोबार गर्न सक्नेछन्।

फाइनानसले गत आर्थिक बर्षको मुनाफाबाट हकप्रद शेयरले समेत पाउनेगरी १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हकप्रद बिक्रीपछि फाइनान्सको चुक्ता पूँजी ७३ करोड ७२ लाख ५१ हजार रुपैयाँ रहेको छ। बोनस वितरणपश्चात भने ८४ करोड ७७ लाख पुग्नेछ ।

सिर्जना फाइनान्सको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन