सिर्जना फाइनान्सको बोनसमा शेयरमूल्य समायोजन

0
Shares

सिर्जना फाइनान्स लिमिटेडको माघ ३ गते शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ।  गत आर्थिक वर्षको मुनाफाबाट फाइनान्सले वितरण गर्ने बोनस र साधारण सभाका लागि शुक्रबार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य सार्वजनिक गरेको हो।

नेप्सेका अनुसार फाइनान्सको १५ प्रतिशत बोनस शेयर समायोजन पश्चात प्रतिकित्ता २०५ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ। यसअनुसार आइतबार फाइनान्सको शेयर कारोबार शुक्रबार समायोजन भएको मूल्यलाई आधार मानेर खुला हुनेछ।

फाइनान्सले माघ ११ गते उद्योग संगठनको सभाकक्ष, विराटनगरमा बिहान ११ बजे अठारौं वार्षिक साधारण सभा आह्वान गरेको छ।  बोनस वितरणपश्चात फाइनान्सको चुक्ता पूँजी ८४ करोड ७७ लाख रुपैयाँ कायम हुनेछ। उक्त बोनस माघ २ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन्।