सांग्रिला डेभलपमेन्ट बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंकले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको छ ।

बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा २९ पौष २०७६ गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको हो ।

बैंकले पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाले पारित गरेको कर सहित ८.९५९३ प्रतिशत नगद लाभांश  शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको बैंकले जनाएको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले २०७६ पुस १५ गतेदेखि पुष २९ गतेसम्म बुक क्लोज गरेको थियो । यस अनुसार २०७६ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

हालसम्म लाभांश प्राप्त नगर्ने शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकिकरण गराउन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अध्यावधिक गराउन समेत बैंकले आग्रह गरेको छ । बैंकको शेयर रजिष्ट्रार एन आई बिल क्यापिटल लिमिटेड रहेको छ ।