धितोपत्र बजारमा सातामा थपियो साढे ७ करोड कित्ता शेयर

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा यस साता साढे सात करोड कित्ता शेयर सूचीकृत भएको छ।

सिर्जना फाइनान्सको हकप्रद र ग्लोबल आईएमई बैंकसँग मर्जरमा गएको जनता बैंकको गत आवको मुनाफाबाट वितरण गरेको ६ प्रतिशत बोनस पश्चात कायम पूँजीको १००:८५ को शेयर स्वाप रेसियो अनुसार समायोजन गरि उक्त परिमाणको शेयर सूचीकृत भएको हो।

ग्लोबल आईएमई बैंकको (साविक जनताको मर्जरबाट प्राप्त) ७ करोड २० लाख ८७ हजार कित्ता र सिर्जना फाइनान्सको २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो।