माघ ५ गते आइतबार सुनको भाउमा २०० रुपैयाँले वृद्धि भएपनि चाँदीको मूल्यमा भने घटबढ रोकिएको छ ।
नेपाल सूनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार कारोबारका लागि छापावाला सुन प्रतितोला ७५ हजार रुपैयाँ, तेजावी सुन ७४ हजार ७०० रुपैयाँ कायम गरिएको छ भने चाँदीको भाउ ८९० रुपैयाँ निर्धारण गरिएको छ ।
संघले शुक्रबारका लागि छापावाला सुन प्रतितोला ७४ हजार ८०० रुपैयाँ, तेजावी सुन ७४ हजार ५०० रुपैयाँ र चाँदी ८९० रुपैयाँ तोकेको थियो।
प्रतिक्रिया