सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार

0
Shares

माघ ६ गते सोमबार सुन र चाँदीको भाउ आइबारकै मूल्यमा कायम रहेको छ।

माघ ५ गते आइतबार छापावाला सुन प्रतितोला ७५ हजार रुपैयाँ र तेजबी सुन प्रतितोला ७४ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा सोमबार पनि सोही मूल्यमा कारोबार भैरहेको नेपाल सूनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार भने सुन प्रतितोला २०० रुपैयाँले बढेको थियो।

सुनको जस्तै चाँदीको मूल्य पनि सोमबार स्थीर रहेको छ। चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको छ।