एनसीसी बैंक तीन अर्बको ऋणपत्र बिक्री गर्ने अनुमति लिन पुग्यो धितोपत्र बोर्ड

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ३ अर्ब बराबरको डिबेन्चर जारी गर्ने अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये १२ लाख इकाई सर्वसाधारणका तथा १८ लाख इकाई व्यक्तीगत तबरबाट विभिन्न संघसंस्थालाई बिक्री गरिनेछ ।

यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले दश बर्ष अवधिको ’१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ निकाष्शन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेपछि वाणिज्य बैंकहरुको ऋणपत्र निष्कासनको क्रम बढेको छ ।

चालु आर्थिक बर्षको पहिलो ६ महिनामा धितोपत्र बोर्डबाट बैंकहरुले साढे १६ अर्बको ऋणपत्र निष्कासनको अनुमति पाईसकेका छन् । सात कम्पनीको १३ अर्ब रुपैयाँभन्दा धेरैको ऋणपत्र पाइपलाइनमा रहको छ ।