हिमालयन बैंक र म्याक्स मनिले विप्रेषण सेवा पु:न सुचारु गर्ने, मिल्यो लफडा

0
Shares

हिमालयन बैंक र विप्रेषणको कारोवार गर्दै आएको मलेसियन कम्पनी म्याक्समनि एस. डि. एन. वि. एच. डि. बिच विप्रेषण सेवा पुःन सुचारु गर्ने नयाँ सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौता पत्रमा हस्ताक्षर पश्चात दुबै संस्थाका प्रतिनिधिले मलेशियाबाट विप्रेषण सेवा पुःन सुचारु गर्ने नयाँ सहमति गरेका हुन् ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र म्याक्समनिका प्रमुख कार्यकारी अधिकृत मो.अविद हमिदले क्वालालम्पुर मलेशियामा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हिमालयन बैंक लिमिटेड र म्याक्समनिले आउँदा दिनहरुमा पनि सम्झौता पत्रमा उल्लेखित प्रावधानहरुमा रहि अघि बढ्ने जनाएका छन् ।

गत पुसमा म्याक्स मनिले हिमालयन बैंकको ३१ करोड रुपैयाँ फिर्ता गरेको थियो । अझै उक्त कम्पनीले हिमालयन बैंकलाई १८ करोड रुपैयाँ तिर्न बाँकी छ ।

कम्पनीले मलेसिया स्थित नेपाली कामदारसंग पैसा उठाएर लामो समयसम्म पनि नेपाल नपठाएपछि नेपाल राष्ट्र बैंकको पहलमा सो रकम फिर्फा गरिएको थियो ।

नेपाल पठाउने भनेर नेपाली कामदारसंग पैसा उठाउने तर नेपाल नपठाउने गरेपछि नेपाल राष्ट्र बैंकले बैंक/वित्तीय संस्था तथा रेमिट कम्पनीलाई एक बर्ष अघि मेक्स रेमिटसंग कारोबार गर्न रोक लगाएको थियो । मेक्सले नेपालका करिब आधा दर्जन बैंक तथा रेट्यिान्स कम्पनीसंग कारोबार गर्दै आएको थियो ।