ग्लोबल आईएमई लघुवित्तको नाफामा छलाङ, EPS ६०.६५ रुपैयाँ

0
Shares

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले गत आवको तुलनामा ३ सय प्रतिशतले नाफा बढाएको विवरण सार्वजनिक गरेको छ ।

संस्थाले चालु आर्थिकवर्षको पुस मसान्तसम्म ७ करोड ८७ लाख खुद नाफा गरेको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा १ करोड ९६ लाख रुपैयाँ मात्र थियो ।

निक्षेप तथा कर्जाको आकार बढाएको लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा उल्लेख्य बढेको हो।

समीक्षा अवधिमा संस्थाले सञ्चालन मुनाफा झण्डै चार सय प्रतिशतले बढाएर ३ करोड ८ लाखबाट १२ करोड ३६ लाख पु्र्याएको छ। त्यस्तै खुद ब्याज आम्दानी पनि ५ करोड १८ लाख बाट १४ करोड ३७ लाख रुपैेयाँ पुर्याएको छ।

समीक्षा अवधिमा संस्थाले १ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसले बैंकहरुबाट ३ अर्ब ५ करोड ९९ लाख सापट लिएको छ।

चुक्ता पूँजी २५ करोड ९५ लाख रुपैयाँ रहेको सस्थाले जगेडा कोषमा १६ करोड ६० लाख रुपैयाँ राखेको छ । जगेडा कोषको आकार ३७४ प्रतिशतले बढेको छ।

लघुवित्तको निष्क्रिय कर्जा भने ०.४६ प्रतिशतबाट बढेर ०.९९ प्रतिशत पुगेको छ। संस्थाको प्रतिशेयर आम्दानी ६० रुपैयाँ ६५ पैसा, प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ९८ पैसा र लघुवित्तको मूल्य आम्दानी अनुपात १८.४७ गुणा छ।