सुन चाँदीको मूल्य बिहीबार पुन: बढ्यो

0
Shares

सुनको मूल्यमा बिहीबार पुन वृद्धि भएको छ बुधबार प्रतितोला ५०० रुपैयाँले घटेको सुन बिहीबर पुन: प्रतितोला २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ७०० रुपैयाँमा उक्लेको छ । यस्तै चाँदी प्रतितोला ८८५ रुपैयाँ कारोबार भैरहेको महासंघले जनाएको छ । सुनसँगै बिहीबार चाँदीको भाउमा प्रतितोला ५ रुपैयाँले वृद्धि भएको हो।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर ७४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य प्रतितोला ८८० रुपैयाँ रहेको थियो।

पछिल्लो समय सुनको मूल्यमा निकै उतारचढाव देखिएको छ । माघ लागेसँगै सुनको मूल्यमा निरन्तर उतारचढाव भैरहेको छ ।