सिर्जना फाइनान्सको पनि रोकियो शेयर कारोबार

0
Shares

सनराइज बैंकले एक्वीजिशन गर्ने भएपछि माघ ९ गते बिहीबारदेखि सिर्जना फाइनान्सको पनि शेयर कारोबार रोक्का भएको छ ।

सनराइज बैंक र सिर्जना फाइनान्सबीच माघ ८ गते बुधबार मर्जर प्राप्तिमा जाने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको थियो ।

दुबै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) प्रतिवेदनको आधारमा शेयर स्वाप रेसियो निर्धारण हुने सम्झौतामा उल्लेख छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार सनाराइज बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार रुपैयाँ छ भने सिजर्ना फाइनान्सको ५० करोड २४ लाख ४० हजार छ ।