शेयर कारोबारमा रेकर्ड, लगातार पाँचौं दिन अर्ब बढीको किनबेच

0
Shares

शेयर बजारमा दैनिक अर्ब बढीको कारोबार हुने क्रममा यो साताको पाँचै दिन अर्ब बढीको शेयर किनबेच भएको छ ।

अघिल्ला चार दिन लगातार डेढ अर्ब बढीको शेयर किनबेच भएको बजारमा अन्तिम दिन विहीबार पनि सवा तीन घण्टाको अवधिमा एक अर्ब बढीको कारोबार भएको छ ।

शेयर बजारमा अल्पकालिन भन्दा पनि द्धिर्घकालिन लगानीको सोचका साथ नयाँ लगानीकर्ता प्रवेश गर्न थालेपछि दैनिक अर्ब बढीको कारोबार हुन थालेको ब्रोकरहरुको भनाई छ । पछिल्लो केहि साता यता ह्वात्तै बढेको बजारमा नाफा सुरक्षित गर्नेहरु हाबी हुँदा शेयर बिक्रको चाप पर्दा  समग्र बजार भने घटेको छ । तर कारोबारमा उत्साह कायमै रहेकाले बजारले केहि दिनमै सकारात्मक लय समात्ने आँकलन उनीहरुको छ ।

गएको साताबाट वित्तीय बजारमा तरलता अभावका खबरहरु आईरहकाले पनि बजारमा नकारात्मक प्रभाव परेको ती ब्रोकरको भनाई छ । तर, दोसो त्रैमासिकको सेटलमेन्ट सकिएकाले बजारमा तरलता फर्कने आशा गरिएको छ । रेमिट्यान्स आप्रवाह बढ्न थालेको र सरकारले समेत अब पूँजीगत खर्च बढाउनतर्फ जोड दिने हुँदा तरलताको समस्या लामो समय नरहने अनुमान गर्न थालिएको छ ।

गत आइतबार नेप्सेमा एक अर्ब ५१ करोड बराबरको शेयर किनबेच भएको थियो । सोमबार एक अर्ब ९७ करोड र मंगलबार एक अर्ब ५१ करोड बढीको शेयर कारोबार भएको बजारमा बुधबार एक अर्ब ५८ करोड बढीको कारोबार भएको थियो । बिहीबार पनि बजार बन्द हुन अझै आधा घण्टा भन्दा बढी समय रहेकाले कारोबार डेढ अर्ब नजिक पुग्ने देखिन्छ ।

कारोबारमा सुधार आएपनि यो खबर तयार पार्दासम्म नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ । १७१ कम्पनीको कारोबार भएको बजारमा २८ लाख ९९ हजार कित्ता शेयर एक अर्ब दश करोड बराबरमा किनबेच भएको छ ।

जीवन बीमा र अन्य समूह बाहेक सबै समूहको सूचक रााताम्मे रहेको बजारमा नेपाल लाइफमा उच्च आकर्षण देखिएको छ । नेपाल लाइफको १७ करोड बराबरको कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको पनि १३ करोड बराबरको शेयर किनबेच भएको छ । कन्चन डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै ७ प्रतिशत बढीले उकालो लागेको छ ।