वैदेशिक रोजगारीमा संलग्न नेपालीलाई बचतपत्रमा लगानीको अवसर, प्रतिफल वार्षिक दश प्रतिशत

वैदेशिक रोजगारीमा संलग्न नेपालीलाई बचतपत्रमा लगानीको अवसर, प्रतिफल वार्षिक दश प्रतिशत

नेपाल सरकारले आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकको मध्यस्तकर्तामा ४० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र २०८१ निष्कासन गर्ने भएको छ । ५ बर्षे अवधिको बचतपत्रको बार्षिक १० प्रतिशत ब्याजदर प्रदान गरीने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सो बचतपत्रमा वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुले लगानी गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

साथै मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक, गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्यको नामवाट बचतपत्र खरिद गर्न सक्नेछान् ।

बैंक वित्तीय संस्थामा निक्षेप राख्दा ब्याजदर घटवढ हुन सक्छ । तर, यो बचपत्रमा लगानी गर्नेले आगामी ५ वर्षसम्म १० प्रतिशतका दरले नै प्रतिफल पाइराख्नेछन ।

‘बैदेशिक रोजगार बचत पत्र २०८१’ नाम गरेको बचपत्रको अवधि ५ वर्षको रहेको छ । सरकारले ५ वर्षपछि लगानीकर्तालाई सावाँ फिर्ता गर्नेछ । सो बचपत्रको १० प्रतिशत व्याज अर्धबार्षिक रुपमा भुक्तानी दिनेछ । सो व्याजमा नियमानुसारको कर लाग्ने केन्द्रीय बैंकले जनाएको छ ।

उक्त बचतपत्र धितोराखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दिन सकिने पनि केन्द्रीय बैंकले जनाएको छ ।

यहि माघ १० देखि बिक्री खुल्ला हुने सो बचतपत्रमा चैत्र २१ गतेसम्म आवेदन दिन सकिनेछ । जसको साँवा भुक्तानी २०८१ माघ २७ मा हुनेछ । बचतपत्रमा न्यूनतम दश हजार र अधिकतम १० हजारले निषेश भाग जाने गरी कायम हुने रकम बराबरको बचतपत्र खरिद गर्न सकिने छ ।

 

प्रकाशित मिति: ९ माघ २०७६, बिहीबार १७ : ०४ बजे