दश प्रतिशत ब्याजदर पाइने ४० करोडको बचतपत्रमा आवेदन खुल्यो

0
Shares

नेपाल राष्ट्र बैंकले ४० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र २०८१ को बिक्री खुला गरेको छ । ५ बर्षे अवधिको बचतपत्रको बार्षिक १० प्रतिशत ब्याजदर प्रदान गरीने राष्ट्र बैंकले जनाएको छ ।

सो बचतपत्रमा वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुले लगानी गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । साथै मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक, गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्यको नामवाट बचतपत्र खरिद गर्न सक्नेछान् ।

बैंक वित्तीय संस्थामा निक्षेप राख्दा ब्याजदर घटवढ हुन सक्छ । तर, यो बचपत्रमा लगानी गर्नेले आगामी ५ वर्षसम्म १० प्रतिशतका दरले नै प्रतिफल पाइराख्नेछन ।

‘बैदेशिक रोजगार बचत पत्र २०८१’ नाम गरेको बचपत्रको अवधि ५ वर्षको रहेको छ । सरकारले ५ वर्षपछि लगानीकर्तालाई सावाँ फिर्ता गर्नेछ । सो बचपत्रको १० प्रतिशत व्याज अर्धबार्षिक रुपमा भुक्तानी दिनेछ । सो व्याजमा नियमानुसारको कर लाग्ने केन्द्रीय बैंकले जनाएको छ ।

उक्त बचतपत्र धितोराखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दिन सकिने पनि केन्द्रीय बैंकले जनाएको छ ।

माघ १० देखि बिक्री खुल्ला भएको बचतपत्रमा चैत्र २१ गतेसम्म आवेदन दिन सकिनेछ । जसको साँवा भुक्तानी २०८१ माघ २७ मा हुनेछ । बचतपत्रमा न्यूनतम दश हजार र अधिकतम १० हजारले निषेश भाग जाने गरी कायम हुने रकम बराबरको बचतपत्र खरिद गर्न सकिने छ ।

वैदेशिक रोजगारीमा संलग्न नेपालीलाई बचतपत्रमा लगानीको अवसर, प्रतिफल वार्षिक दश प्रतिशत