भन्सार विभाग पूर्ण अटोमेसनमा, अब मोबाइलबाटै भन्सार जाँचपास

0
Shares


भन्सार दिवसको अबसर पारेर भन्सार विभागले मोबाईलबाटै भन्सार जाँचपास गर्न सकिने मोबाईल एप सार्वजनिक गरिएको छ।

६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त एप सार्वजनिक गरेका हुन् ।

भन्सार विभागले सार्वजनिक गरेको ‘नेपाल कष्टम क्लेरेन्स’ नामक उक्त एपको माध्यमबाट घरमै बसेर व्यावसायीले भन्सार पास गर्न सक्ने विभागका माहानिर्देशक सुमन दाहालले जानकारी दिए। हाललाई उक्त एप एन्ड्रयुईडको प्लेस्टोरमा उपलब्ध रहेको विभागले जनाएको छ ।

महानिर्देशक दाहालले नेपालको भन्सार प्रणालीलाई अत्याधुनिक बनाउन र मानवीय विवेकिय प्रणालीलाई शुन्य बनाई विभाग पूर्ण अटोमेसनमा गएको बताए।

यस्तै विभागले प्रत्यक्ष राजश्व संकलन ड्यासबोर्ड पनि कार्यनयनमा ल्याएको छ । ड्यास बोर्डबाट अब प्रत्यक्ष ठूला नाकाको राजश्व संकलनको जानकारी हेर्न सकिने पनि जनाएको छ।