आइतबार पनि सुनचाँदी महङ्गियो

0
Shares

सुन चाँदीको मूल्य माघ १२ गते आइतबार पनि महङ्गो भएको छ। शुक्रबार २०० रुपैयाँले बढेको सुनको भाउ आइतबार पनि पुन ३०० रुपैयाँले वृद्धि भएको छ । यस्तै आइतबार चाँदीको मुल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाला सुन प्रतितोला ७५ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार २०० रुपैयाँ तोकेको छ। यस्तै चाँदी प्रतितोला ८९५ रुपैयाँ निर्धारण गरिएको छ ।

शुक्रबार शुक्रबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर छापावाला सुन ७५ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै सो दिन चाँदी प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढेपनि चाँदीको भने शुक्रबार मुल्य बढेको थिएन।

शनिबार सार्वजनिक विदा हुने भएकाले नेपालमा शुक्रबार निर्धारित दरमा नै शनिबार पनि सुनचाँदीको कारोबार हुँदै आइरहेको छ ।