सरकारी नीति असल व्यवसायीका लागि फलदायी, गलत गर्नेलाई मात्र डण्डा : अर्थमन्त्री

0
Shares


अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ल्याएको आर्थिक नीतिहरु असल व्यवसायीका लागि फलदायी भएको बताएका छन्।

६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै डा. खतिवडाले गलत काम नगर्ने व्यवसायीहरु सरकारसँग डराउन आवश्यक नरहेको बताउँदै निजी क्षेत्रलाई सरकार र कर प्रशासनसँग अतिरिक्त डर नपाल्न आग्रह समेत गरे ।

डा. खतिवडाले सरकारका असल नीतिकै कारण अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढेको समेत दाबी गरे। ‘सम्पत्ति शुद्दीकरण र राजश्व अनुसन्धान सँग निजी क्षेत्र आत्तिएको पाइएको छ, गलत काम नगर्नेहरु डराउनु पर्देन, गलत नगर्नेलाई सरकारले केहि गर्दैन र गलत गर्नेलाई यत्तिकै छाड्दैन।’ अर्थमन्त्री खतिवडाले भने।

साथै उनले भने, राजश्व लक्ष्यलाई लिएर सरकारले निजी क्षेत्रलाई डण्डा लगाउने काम गर्दैन, तपाईहरु निश्चिन्त हुनुहोस्। असल काम गर्नेलाई सरकारले सधै प्रोत्साहन गरिरहनेछ ।’ त्यस्तै उनले पछिल्ला दिनहरुमा ब्याजदरको समस्या समेत हल हुँदै गएको बताए।