मिर्मिरे लघुवित्तको नाफा १२४ प्रतिशत बढ्यो, EPS ६२ रुपैयाँ

0
Shares

मिर्मिरे लघुवित्त (MMFDB) को खुद नाफा १२४.१६ प्रतिशतले बढेको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको यसै अवधिमा लघुवित्तको नाफा १ करोड ७७ लाख थियो।

स्वेडा लघुवित्तलाई प्राप्ती गर्ने प्रक्रियामा रहेको यस लघुवित्तको खराब कर्जा अनुपातमा भने वृद्धि भएको छ । गत आवको यसै अवधिमा ०.७१ प्रतिशत रहेको यस्तो अनुपात १.४८ मा बढेको हो ।

चुक्ता पूँजी १२ करोड ८७ लाख ८६ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै लघुवित्तको जगेडा कोषमा १३ करोड ३६ लाख सञ्चित छ भने प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ७९ पैसा रहेको छ।

पुस मसान्तसम्ममा लघुवित्तले ९१ करोड ३२ लाख रुपैयाँ निक्षेप र १ अर्ब ६५ करोड ४८ लाख रुपैयाँ सापटी लिएर आफ्ना सदस्यहरुमा २ अर्ब ५२ करोड २० लाख कर्जा लगानी गरेको छ। यसबाट लघुवित्तले आफ्नो खुद ब्याज आम्दानी १० करोड ३५ लाख पुर्याएको छ। जुन गत आवको यसै अवधिको तुलनामा ५ करोड २१ लाख रुपैयाँ धेरै हो । यस्तै लघुवित्तले ५ करोड ४० लाख सञ्चालन मुनाफा गरेको छ ।

गत बैशाख ३० गते मर्जर सम्झौता गरेका मिर्मिरे, किसान र नागबेली लघुवित्तबीच स्वाप रेसियोमा कुरा नमिल्दा मर्जर भाँडिएपछि लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ती गर्ने प्रक्रिया अगाडि बढाएको हो।