बजार खुलेको १५ मिनेटमै नेप्से १५ अंकले बढ्यो, सबै सूमहमा हरियाली

0
Shares

मंगलबार शेयर बजार खुलेको पहिलो १५ मिनेटमा नै नेप्से सूचक १५ अंक माथि उक्लिएको छ । ६७ अंकको करेक्सनपछि सोमबारदेखि पुन उकालो लाग्न थालेको शेयर बजार मंगलबार पनि सकारात्मक लयमा देखिएको छ ।

गएको साता १३४३ बिन्दुसम्म उक्लिएको नेप्से करेक्सनपछि पुन उकालो लाग्न थालेको छ । सोमबार नेप्से करिब २४ अंकले बढेको थियो ।

छोटो अवधिमै साढे दुई सय अंक उक्लिएको बजारमा नाफा सुरक्षित गरेका लगानीकर्ता पुनस् बजारमा फर्किन थालेका छन् । बजार करेक्सन पश्चात घटेको मूल्यमा शेयर खरिदको क्रम बढाउँदा शेयर माग बढ्दा सूचक फेरि उकालो लागेको हो ।

पहिलो १५ मिनेटको अवधिमा कारोबार आएका सबै समूहमा हरियाली छाएको छ । यस अवधिमा ९६ कम्पनीको करिब ५ करोड बराबरको शेयर किनबेच भएको छ ।

ग्लोबल आइएमई बैंकले कारोबारमा अग्रता लिदा सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा उच्चदरले बढेको छ भने सामुदायिक लघुवित्तको सबैभन्दा धेरै घटेको छ ।