नेप्सेको वर्गीकरणमा ‘A’ वर्गमा १२ वाणिज्य बैंक मात्र, ‘B’ मा कुनै कम्पनी परेनन्

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । नेप्सेले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकमा गरिएको वर्गीकरणको विवरण सार्वजनिक गरेको हो।

नेप्सेले सूचीकृत कम्पनीहरुलाई ग्रुप ‘ए’ ‘बि’, ‘जि’ र ‘जेड’ गरी चार समूहमा वर्गिकरण गर्ने गरेको छ । नयाँ वर्गिकरण सूची अनुसार ग्रुप ’ए’ मा १२ वटा कम्पनी परेका छन । भने बि वर्गका कुनै पनि कम्पनी अटाउन सकेनन् ।

नेप्सेका अनुसार बैंक अफ काडमाण्डू, सिटिजन्स, ग्लोबल आइएमई, कुमारी, लक्ष्मी, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट, नेपाल एसबिआई, एनआईसि एशिया, एनएमबि, सानिमा र स्ट्याण्र्डड चार्टड बैक ए वर्गमा परेका छन् ।

त्यस्तै ग्रुप ’बि’ मा कुनै पनि कम्पनी परेका छैनन् । ग्रुप ’जि’ मा भने ३२ कम्पनी परेका छन् । त्यस्तै ग्रुप ’जेड’ मा १७३ कम्पनी रहेका छन् । 

धितोपत्र सूचीकरण नियमावली,२०७५ को विनियम ११ मा सूचीकृत संस्थाको वर्गीकरण गर्नुपर्ने व्यवस्था छ। सोहि व्यवस्था अनुसार नेप्सेले प्रत्येक त्रैमासको समाप्तिसँगै वर्गीकरण गरी सूची सार्वजनिक गर्ने गरेको छ ।

साथै नेप्सेले नेप्सेको वर्गिकरणमा चित्त नबुझे ३५ दिनभित्र प्रमाणसहित निवेदन दिन सक्ने नेप्सेले सूचना जारी गरेको छ।

कुन वर्गमा कुन कम्पनी ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस्