हकप्रद र मर्जरबाट पूँजी बढाएको वोमी माइक्रोको सन्तोषजनक प्रगती

0
Shares

वोमी माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ करोड १६ लाख खुद नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब ५८ प्रतिशत धेरै हो ।

गत आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा लघुवित्तले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा आएको सुधारले लघुवित्तको समग्र नाफा बढेको हो । तर कम्पनीको खराब कर्जाको अनुपात भने केहि बढेको छ ।

लघुवित्तको चुक्ता पूँजी दश करोड दश लाख बाट बढेर २५ करोड २५ लाख पुगेको छ । लघुवित्तले हकप्रद र मर्जरबाट पूँजी बढाएको हो। लघुवित्तले नागरिक लघुवित्तलाई गाभेको थियो । जसको जगेडाकोषमा १५ करोड ९३ लाख सञ्चित छ । कम्पनीको जगेडाकोष दोब्बर पुगेको छ ।

माइक्रोफाइनान्सले यस अवधिमा ७८ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट एक अर्ब २० करोड सापटी लिएको संस्थाले २ अर्ब ३७ करोड कर्जा प्रवाह गरेको छ । जसबाट माइक्रोफाइनान्सले ९ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

कम्पनीको निष्कृय कर्जा भने ०.७३ प्रतिशतबाट बढेर १.०३ प्रतिशत पुगेको छ । माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ४६ पैसा छ। माइक्रोफाइनान्सकोे मुल्य आम्दानी अनुपात ३४.४५ गुणा र प्रतिसेयर नेटवर्थ १५२रुपैयाँ ५६ पैसा छ ।

वोमीले नागरिक लघुवित्तलाई गाभेर गत मंसिर ३० गतेदेखि एकीकृत कारोबार थालेको थियो ।

वोमी माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कूल २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बोनस वितरणपश्चात लघुवित्तको पूँजी ३० करोड ३० लाख रुपैयाँ बराबर पुग्नेछ।