राष्ट्र बैंकद्धारा मलेसियन रेमिट कम्पनी मेक्सको कारोबार फुकुवा

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक/वित्तीय संस्था तथा रेमिट्यान्स कम्पनीलाई मलेसियन रेमिट कम्पनी मेक्ससँग कारोबार गर्न फुकुवा गरेको छ।

केन्द्रीय बैंकले करिब १४ महिनापछि मेक्ससँग कारोबार गर्न सकिने गरी फुकुवा गरेको हो।

मेक्सले नेपालका करिब आधा दर्जन बैंक तथा रेमिट्यान्स कम्पनीसँग कारोबार गर्दै आएको थियो । 

मेक्सले नेपाली कमदारको पैसा नेपाल पठाउन भनी उठाई नेपालका सम्बन्धीत बैंक तथा रेमिट कम्पनीलाई नपठाएपछि राष्ट्र बैंकले २०७५ मंसिरमा कारोबार रोक्का गरेको थियो ।

मेक्सले बाँकी रकम नदिँदासम्म राष्ट्र बैंकले कुनै कारोबार नगर्न नेपाली बैंक तथा वित्तीय संस्था रेमिट्यान्स कम्पनीलाईं निर्देशन दिएको थियो। मेक्सले हिमालयन बैंकको ४९ करोड रुपैयाँ बरावरको रकम भुक्तानी दिएपछि कारोबार खुला गरेको हो। हिमालयन बैंक र मेक्सले पनि कारोबार सुचारु गर्ने सहमती गरिसकेका छन्।

हिमालयन बैंक र म्याक्स मनिले विप्रेषण सेवा पु:न सुचारु गर्ने, मिल्यो लफडा

केन्द्रीय बैंकले गत साता निर्देशन जारी गर्दै मेक्सलाई गरिएको प्रतिबन्द फुकुका भएको तथा आगामी दिनमा कारोबार गर्न सकिने भन्दै निर्देशन जारी गरि कारोबार फुकुवा गरेको राष्ट्र बैंकका कामु कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले जानकारी दिए।

मेक्सले पैसा नेपाल नपठाएपछि नेपाली कम्पनीहरुले केन्द्रीय बैंकलार्इ अनुरोध गरेका थिए। हिमालयन बैंकमा इन्सपेक्सन गरेपछि केन्द्रीय बैंकले मेक्सलाइ प्रतिबन्ध गर्ने निर्णयमा पुगेको थियो।