काबेली बी वान कास्केडमा बैंक अफ काठमाण्डू र कुमारी बैंकले लगानी गर्ने

0
Shares

बैंक अफ काठमाण्डू र कुमारी बैंकले काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह गर्ने भएका छन् ।

बुधबार बैंक अफ काठमाण्डू र आयोजना निमार्ण कम्पनी अरुण भ्याली जलविद्युत बिकास कम्पनीबिच कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ।

९.९४ मेगावट क्षमता रहेका काबेली बी वान कास्केड जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९७ करोड रहेको छ । अरुण भ्याली जलविद्युत बिकास कम्पनी लिमिटेडले पाँचथर र ताप्लेजुङको सीमानामा उक्त जलविद्युतको निर्माण कार्य गरिरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडको अगुवाई रहेकोे उक्त सहवित्तीयकरण कर्जाको सदस्य बैंकमा कुमारी बैंक लिमिटेड रहेको छ ।

अरुण भ्यालीले यसअघि ३ मेगावाट उत्पादन क्षमताकोे पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ ।उक्त आयोजनामा पनि बैंक अफ काठमाण्डूले नै सहवित्तीयकरण कर्जाको अगुवाइ गरेको थियो । पिलुवा खोला जलविद्युत आयोजना २०६० असोज १ गते देखी नै सञ्चालनमा आईसकेको छ ।

उक्त आयोजनामा रहेको बैंकको सहवित्तीयकरण कर्जाको भुक्तानी भई कर्जा चुक्ता भइसकेको छ । साथै यस सहवित्तीयकरण कर्जा पश्चात् यस काबेली बी वान कास्केड जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसीमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकको छ ।