एभरेष्ट बैंकको अधिकांश सुचकमा सुधार, नाफा साढे एक अर्ब

0
Shares

एभरेष्ट बैंक लिमिटेड (EBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले कमाएको यो नाफा गत आवको यसै अवधिको तुलनामा ५.५८ प्रतिशत बढी हो।

गत आवको यसै अवधिमा बैंकले १ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आवको ६ महिनाको अवधिमा बैंकको वितरण योग्य मुनाफा ८६ करोड ४९ लाख ७७ हजार रुपैयाँ रुपैयाँ रहेको छ। यस्तै बैंकको शेयरधनी कोषमा १ अर्ब ५६ करोड १ लाख रुपैयाँ तथा जगेडा कोषमा ७ अर्ब २६ करोड ७४ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ ।  गत आवको यसै अवधिमा बैंकको शेयरधनी कोषमा २ अर्ब ३२ करोड ४१ लाख र जगेडा कोषमा ६ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो।

चुक्ता पूँजी ८ अर्ब ५१ करोड २ लाख रुपैयाँ बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ६५ पैसा कायम भएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ०.१६ प्रतिशत, प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ४ पैसा छ।

दोस्रो त्रैमाससम्ममा बैंकले १ खर्ब ४१ अर्ब १९ करोड रुपैयाँ निक्षेप सङ्कलनबाट १ खर्ब १४ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गर्दा २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिमा बैंकले २ अर्ब ६७ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।