नेपाल बैंकका शेयरधनीले २८ वर्षअघिसम्मको लाभांश संकलन गरेनन्, ७ दिनभित्र संकलन गर्न आग्रह

0
Shares

नेपाल बैंकले आफ्ना शेयरधनीलाई वितरण गरेको २८ वर्ष अघिसम्मको लाभांश संकलन नगरेको पाइएको छ । यति लामो समयसम्म शेयरधनीले लाभांश संकलन नगरेपछि बैंकले सार्वजनिक सूचना निकालेर लाभांश संकलन गर्न भनेको छ ।

बैंकको आर्थिक वर्ष २०४७/४८ देखि आर्थिक वर्ष २०५४/५५ सम्मको नगद लाभांश रकममध्ये केही रकम हालसम्म पनि भुक्तानी नभएको जनाएको छ ।

बैंकले उक्त अवधिको नगद लाभांश लिन बाँकी शेयरधनीहरूले सूचना प्रकाशित भएको ७ दिनभित्र आवश्यक प्रमाण सहित संकलन गर्न भनेको छ ।

पुरानो लाभांश बैंकको प्रधान कार्यालय भुगोलपार्क न्यूरोडको केन्द्रीय लेखा विभाग मार्फत संकलन गर्न सकिने उल्लेख गरिएको छ ।

बैंकले करिब दुई दशकपछि गत आर्थिक वर्षमा आएर मात्र शेयरधनीलाई १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कूल २५ प्रतिशत वितरण गरेको थियो। यसबीचमा लामो समयसम्म बैंकले लाभांश वितरण गर्न नसकेका कारण पनि लामो समयसम्म शेयरधनीले आफ्नो लाभांश संकलन नगरेका हुन्।