शेयर बजारमा वृद्धि कायमै, करिब दुई अर्बको कारोबार

0
Shares

साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्सेमा १९.५१ अंकको उछाल आउँदा कारोबार रकम १ अर्ब ९६ करोडको कारोबार भएको छ। वित्त बजारमा तरलता संकटका बाबजुत शेयर बजारमा बिहीबार पनि नेप्सेमा दोहोरो अंकले सुधार भएको छ।

बुधबारसम्म वित्त बजारमा अधिक तरलता रकम १४ अर्ब ६३ करोडमा खुम्चिएपछि केन्द्रीय बैंकले बिहीबार १० अर्बको रिपो जारी गरेको थियो।

यसदिन १७८ कम्पनीका १९ हजार ८७४ पटकको कारोबारमा ४६ हजार २ हजार १०१ कित्ता शेयर खरीद बिक्री भए। कारोबारमा आएका १२ उप समूहका सूचकमध्ये ब्यापार बाहेक सबै इक्डेक्स ऋणात्मक रहे। निर्जीबन बीमाको सूचक सबैभन्दा धेरै ३.९६ प्रतिशतले बढ्दा जीबन बीमा २.२८ प्रतिशत, बैंकिङ्ग र होटको सूचक पनि १ प्रतिशत बढीले सुधारिएको छ।

समूहगत परिसूचकमा आएको बढोत्तरी अनुसार नै बिहीबार उच्च कारोबार हुने शिर्ष १० कम्पनीहरुको सूचीमा ८ वटा बीमा कम्पनीहरु समेटिएका छन्। सूर्या लाईफको सबैभन्दा धेरै २ लाख ४७ हजार ८३८ कित्ता शेयर ११ करोड ३६ लाख १९ हजार रुपैयाँमा खरीद बिक्री भएका छन्।

त्यसैगरि प्राइम लाईफ ७ करोड २० लाख, नेपाल लाईफ ६ करोड ९३ लाख, एशियन लाइफ ६ करोड ८१ लाख, नेशनल लाईफ ६ करोड ६८ लाखको शेयर कारोबार भएको बजारमा प्रभु बैंक, गुँरास लाईफ, नाडेप लघुवित्त, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्सको पनि ५ करोड बढीको शेयर कारोबार भएको छ।

बिहीबार एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सूर्या लाईफ ९.८६ प्रतिशत, युनाइटेड फाइनान्स ८.९३ प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्सको ८.२९ प्रतिशतले शेयरमूल्य बढेको छ। यसैगरि युनाइटेड इन्स्योरेन्स, गुँरास लाईफ, एशियन लाइफ, विजय लघुवित्त, विजय लघुवित्तको ७ प्रतिशत तथा स्वरोजगार लघुवित्त र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य ६ प्रतिशतले बढेको छ।

उता बिहीबरको कारोबारमा हिमालय उर्जा विकास कम्पनीका शेयरधनीले सबैभन्दा धेरै ५.३५ प्रतिशतले गुमाएका छन्। नाडेप लघुवित्त, गोर्खाज फाइनान्सको ४ प्रतिशत, कर्णाली र घोडीघोडा लघुवित्तको शेयरमूल्य ३ प्रतिशतले शेयरमूल्य घटेको छ।

यस्तै रिलायन्स फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, आरएमडिसी लघुवित्त, र ग्लोबल आईएमई समुन्नत स्कीम १ का इकाइधनीले २ प्रतिशतले गुमाएका छन्।