तीन रुपैयाँ इपिएस रहेको लघुवित्तको शेयरमूल्य ८९० रुपैयाँ

0
Shares

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ २३ पैसा रहेको लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ८९० रुपैयाँसम्म कारोबार भएको भेटिएको छ ।

दुई करोड ७६ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको घोडीघोडाले पुस मसान्तसम्ममा ४ लाख ४५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

आम्दानी थारै भएपनि पूँजी कम भएका कारण लघुवित्तको शेयरमूल्य भने उच्च रहेको छ । लघुवित्तको शेयरमूल्य आम्दानीको अनुपात २७५ गुणा धेरै हो । शेयर संख्या कम भएकाले शेयर बजारमा कारोबारमा आउने कित्ता थोरै हुँदा यस्ता लघुवित्त कम्पनीको शेयर कर्नरिङ्ग गरी शेयरमूल्य बढाइने गरेको पाइन्छ।

लघुवित्त पुस मसान्तसम्ममा १९ लाख २३ हजार रुपैयाँले जगेडा कोष नोक्सानीमा छ।

यस अवधिमा लघुवित्तले ३ करोड २ लाख निक्षेप संकलन तथा २९ करोड ७३ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर आफ्ना सदस्यमा २९ करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यसबाट लघुवित्तले ३९ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
यस अवधिमाख लघुवित्तको निष्क्रिय कर्जा भने बढेको छ । गत आवको यसै अवधिमा ०.२६ प्रतिशतबाट बढेर २.११ प्रतिशत पुगेको छ।