पोखरा फाइनान्सको प्रगति सुधारउन्मुख, वितरण योग्य नाफा ४ करोड ३९ लाख

0
Shares

पोखरा फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा २०.३३ प्रतिशतले बढी हो ।

गत आर्थिक बर्षको यही अवधिमा फाइनान्सले ४ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । फाइनान्सको खुद ब्याज आम्दानी संचालन नाफा बढेपछि खुद नाफामा समेत सुधार आएको हो । फाइनान्सको यस अवधिको वितरण योग्य नाफा ४ करोड ३९ लाख ११ हजार रुपैयाँ छ ।

संस्थाले पुस मसान्तसम्म ६ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ७५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको निक्षेप तथा कर्जामा बढोत्तरी आएको छ । जसबाट फाइनान्सले १६ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन मुनाफा १८ करोड ९२ लाख पुर्याएको छ ।

फाइनान्सको चुक्ता पूँजी ९१ करोड ७२ लाख छ । जसको जगेडाकोषमा २२ करोड ९१ लाख रुपैयाँ छ भने शेयरपूँजी २१ करोड तथा रिटेण्ड अर्निङ ४ करोड ३९ लाख छ ।

फाइनान्सको खराब कर्जा १.१६ प्रतिशत छ । फाइनान्सको वार्षिकीकृत प्रतिशेयर आम्दानी १२.३२ रुपैयाँ प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ९ पैसा, पीई रेसियो ११.८५ गुणा तथा तरलता अनुपात २७.२० प्रतिशत छ ।

फाइनान्सको फण्डको लागत केहि घटेर ८.८८ प्रतिशत कायम भएको छ । जसको आधारदर ११.४३ प्रतिशत, स्प्रेडदर ४.९७ प्रतिशत तथा कर्जा निक्षेप अनुपात ७३.८५ प्रतिशत छ ।

फाइनान्सले गतबर्षको मुनाफाबाट चुक्तापूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र प्रतिशेयर ७.२० प्रतिशतका दरले नगद लाभांश गरी कुल १४.२० प्रतिशत लाभांश वितरण गरेको थियो ।