दुई लघुवित्त कम्पनीको झण्डै ३२ लाख शेयर नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको ३१ लाख ८६ हजार ८४० कित्ता शेयर सूचीकृत भएको छ ।

शुक्रबार समता र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार समताको हकप्रद र मेरो माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा थपिएको हो।

नेप्सेका अनुसार समता माइक्रोफाइनान्सको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर तथा मेरो माइक्रोफाइनान्सको १९ लाख ७३ हजार ४०० कित्ता बोनस शेयर थप भएको छ ।

शेयर सूचिकरण भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिद बिक्रि गर्न सक्नेछन् ।