बिग मर्जरको प्रतिक्षामा एनसीसी बैंक, १५ प्रतिशत बोनस पारित

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले बिग मर्जरको प्रयास भईरहेको जनाएको छ ।

बैंकको माघ १७ गते सम्पन्न २२ औँ वार्षिक साधारण सभामा बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बिग मर्जरको प्रयास भईरहेको जानकारी दिए ।

अध्यक्ष केशरीले अन्य कुनै बैंकको नाम उल्लेख नगरी बिग मर्जरको लागि विभिन्न चरणमा छलफलहरु गरिरहको जानकारी गराउँदै निर्णयमा पुगि नसकेको उल्लेख गरे। एनसीसी बैंक र प्रभु बैंकबीच विभिन्न चरणमा मर्जरका लागि छलफलहरु भइसकेका छन् । तर दुवै बैंक सम्झौता गर्नेसम्मको चरणमा पुगिसकेका छैनन् ।

एनसीसी बैंक प्रभुमा गाभिन तयार, प्रभु भने अन्य विकल्पमा पनि छलफल गर्दै

साधारण सभाले गत आवको मुनाफाबाट प्रस्तावित चुक्ता पूँजीको १५ प्रतिशत बोनस (एक अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँ) र बोनसको कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश ( ६ करोड ४२ लाख १४ हजार ५३३ रुपैयाँ) अनुमोदन गरेको छ ।

बैंकले साधारण सभा प्रयोजनार्थ माघ ७ गते बुकक्लोज गरेको थियो । जस अनुसार माघ ६ गतेसम्म कायम बैंकका शेयरधनीले लााभंश पाउनेछन्।

यसैगरि एनसीसी बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्जर तथा प्राप्ती तथा वैदेशिक रणनीतिक साझेदारीमा जान आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

हाल ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १५ प्रतिशतका दरले एक अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँ बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार पुग्नेछ।