आदर्श लघुवित्तको यस्तो छ वित्तीय विवरण

0
Shares

आदर्श लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा १२ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ। एक करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २९ लाख ३४ हजार रुपैयाँ सञ्चित छ।

यस अवधिमा लघुवित्तले १० करोड ४० लाख रुपैयाँ निक्षेप संकलन तथा २ करोड ६२ लाख रुपैयाँ सापटी लिएर १२ करोड १४ लाख रुपैयाँ ऋण लगानी गरेको छ।

लघुवित्तले यस अवधिमा एक करोड २२ लाख रुपैयाँ कुल व्याज आम्दानी गरी ४९ लाख ७७ हजार रुपैयाँ व्याज वापत खर्च गरी ७२ लाख ८४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । यस्तै कम्पनीको सञ्चालन आम्दानी १८ लाख ८९ हजार रहेको छ।

आदर्शको खराब कर्जा अनुपात १.७४ प्रतिशत रहेको छ।

काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय आदर्श लघुवित्त हाल सम्म सर्वसाधारणहरुलाई प्राथमिक शेयर निष्काशन गरेको छैन।

लघुवित्तले स्थापना भएको एक वर्ष नपुग्दै गत असार ५ गते डाकेको प्रथम वार्षिक साधारण सभाबाट अन्य लघुवित्त गाम्भे।गाभिने तथा प्राप्तीसँग सम्बन्धित कार्य गर्न आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिसकेको छ।`