मेरो माइक्रोफाइनान्सले बाँड्यो गत आवको बोनस

0
Shares

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (MERO) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ३० प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

लघुवित्तले साधारण सभाका लागि बुकक्लोज भएको अघिल्लो दिन अर्थात कात्तिक १९ गतेसम्म अभौतिक रुपमा शेयरधारण गरेका लगानीकर्ताको डिम्याट खातामा उक्त बोनस पठाएको जनाएको हो।

संस्थाको कात्तिक २९ गते सम्पन्न सातौँ वार्षिक साधारण सभाले ३० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो।

लघुवित्तले हालसम्म पनि कागजी शेयरधारण गर्ने शेयरधनीलाई लघुवित्तको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल वा अन्य निक्षेप सदस्यबाट शीघ्र शेयर अभौतिकिकरण गरी बोनस तथा नगद लाभांश संकलन गर्न अनुरोध समेत गरेको छ ।