सामुदायिक लघुवितको नाफासँगै जगेडा कोष पनि मजबुत बन्दै

सामुदायिक लघुवितको नाफासँगै जगेडा कोष पनि मजबुत बन्दै

सामुदायिक लघुवितले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आफ्नो चुक्ता पूँजी सँगै जगेडा कोषको आकार पनि बढाउँदै लगेको छ।

चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ २० पैसा रहेको छ। पुस मसान्तसम्ममा जगेडा कोषको आकार वृद्धि गर्दै ८ करोड ६२ लाख रुपैयाँ सञ्चित गरेको छ। गत आवको यसै अवधिमा कम्पनीको जगेडा कोषमा ४ करोड ६७ लाख मात्र रहेको थियो।

चालु आवको ६ महिना अवधिमा लघुवित्तले खुद नाफा ३५.५३ प्रतिशतले वृद्धि गर्दै १ करोड ३६ लाख रुपैयाँ कमाएको छ। गत आवको यसै अवधिमा १ करोड ३४ हजार रहेको थियो।

पुस मसान्तसम्ममा लघुवित्तले ३९ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन र ६३ करोड ८४ लाख रुपैयाँ सापटी लिएर १ अर्ब दुई करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट लघुवित्तले ४ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको सञ्चालन नाफा दुई करोड ५ लाख रुपैयाँ रहेको छ।

लघुवित्तको खराब कर्जा अनुपात २.१७ प्रतिशत, प्रतिशेयर नेटवर्थ १८६.२६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २६.७३ गुणा छ।

प्रकाशित मिति: २० माघ २०७६, सोमबार ११ : ३१ बजे