राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचारियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।
प्रस्ताव स्वीकृतिभएसँगै सभामुख देवराज घिमिरेले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि संशोधन हाल्न चाहने माननीयले प्रतिनिधिसभा नियमावली २०७९ को नियम एक सय १२ बमोजिम ७२ घन्टाभित्र आफूले पेश गर्न चाहेको संशोधनको सूचना विधेयक शाखा प्रतिनिधसभाको संशोधन दिन सक्नुहुने छ’ भने ।
राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायनसम्वन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायनसम्बन्धी विधेयक, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
