लघुवित्त संघका अध्यक्ष सीईओ रहेको लघुवित्तले कति कमायो नाफा ?

0
Shares

लघुवित्त कम्पनीहरुको छाता संगठन लघुवित्तका संघका अध्यक्ष बसन्त लम्साल प्रमुख कार्यकारी अधिकृत रहेको विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ६६ लाख ३४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ।

लघुवित्तले आर्जन गरेको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १३३.६४ प्रतिशत बढी हो। गत आवको यसै अवधिमा लघुवित्तले २ करोड ४२ लाख ३९ हजार नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसंगै खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको नाफामा उल्लेख्य सुधार भएको हो।
लघुवित्तले दोस्रो त्रैमासको अन्त्यसम्ममा १२ करोड ६३ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ५ करोड ५७ लाख ४५ हजार रुपैयाँ बढी हो। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १४७.५७ प्रतिशत बढेर ८ करोड २ लाख रुपैयाँ पुगेको छ। यस्तै कम्पनीले ८८ लाख बराबरको खराब कर्जा असुली गरेको छ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयरर ५ प्रतिशत नगद वितरण गरेको यस लघुवित्तको चुक्ता पूँजी २२ करोड ४० लाख ३१ हजार रुपैयाँ रहेको छ। लघुवित्तको जगेडा कोषको आकार १० करोड ५७ लाख २९ हजार पुगेको छ । गत आवको यसै अवधिमा ४ करोड ७३ लाख थियो।

सो अवधिसम्ममा लघुवित्तले ७३ करोड १७ लाख रुपैयाँ निक्षेप सङ्कलन तथा २ अर्ब ६७ करोड ५३ लाख सापटी र गरि ३ अर्ब ४४ करोड ६६ लाख कर्जा प्रवाह गरेको छ।  गत आवको असोज मसान्तमा २.४५ प्रतिशत रहेको लघुवित्तको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा बढेर २.६३ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जा बढेसंगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामाएक करोड २८ लाख रकम छुट्याएको छ।

लघुवित्तको प्रतिशेयर आम्दानी ५० रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ १९ पैसा कायम भएको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात १५.७४ गुणा कायम भएको छ।