उन्नति लघुवित्तको प्रतिशेयर आम्दानी ७० रुपैयाँ

0
Shares

उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड (UMB) को वार्षिक प्रतिशेयर आम्दानी ७० रुपैयाँ कायम भएको छ । व्यवसयाको विस्तारसँगै कम्पनीको इपिएस १५.३३ रुपैयाँले बढेको हो। गत आवको यसै अवधिमा लघुवित्तको इपिएस ५४.६७ रुपैयाँ रहेको थियो।

चुक्ता पूँजी ८ करोड ८२ लाख रुपैयाँ रहेको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४६.२५ प्रतिशतले वृद्धि गर्दै ३ करोड ८ लाख रुपैयाँ कमाएको छ। गत आर्थिक वर्षको यसै अवधिमा ९७ लाख ७० हजार रुपैयाँ थियो। पुस मसान्तसम्ममा लघुवित्तको जगेडा कोषमा ८ करोड २६ लाख रुपैयाँ सञ्चित छ।

पुस मसान्त लघुवित्तले ६४ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब ७ करोड ९० लाख रुपैयाँ सापटी लिएर आफ्ना सदस्यहरुमा १ अर्ब ६८ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिमा ६ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत आवको यसै अवधिको तुलनामा १ करोड ४८ लाख रुपैयाँ धेरै हो। लघुवित्तको सञ्चालन मुनाफा १ करोड ४५ लाख रुपैयाँ बढेर ४ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

उन्नतिले गत साउन ९ गते सहकार्य लघुवित्तसँग ०.७५ शेयर स्वाप रेसियोमा मर्जर सम्झौता गरेको कारण लघुवित्तको शेयर कारोबार रोक्का छ।

लघुवित्तको खराब कर्जा अनुपात १.१० ले बढेर १.८८ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्दा लघुवित्तले सम्भावित जोखिम बापतको १ करोड १ लाख रुपैयाँ व्यवस्था गरेको छ।